सुर्खेतमा ६० प्रतिशत मत खस्यो

हिमाल प्रेस ४ मंसिर २०७९ १९:३१
10
SHARES
सुर्खेतमा ६० प्रतिशत मत खस्यो

सुर्खेत- आइतबार भएको प्रदेश  प्रतिनिधिसभा निर्वाचनअन्तर्गत सुर्खेतमा झन्डै ६० प्रतिशत मत खसेको छ। जिल्लामा समग्रमा शान्तिपूर्ण रूपमा मतदान भएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ। दुई वटा प्रतिनिधिसभा र चार वटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेको सुर्खेतमा क्षेत्र १ मा एउटा मतदान स्थलमा मतदान रोकिएका हुँदा त्यस क्षेत्रमा मतदान भइसकेपछि मात्रै मतगणना हुने छ।

यस्तै क्षेत्र २ मा मतपेटिका संकलन भइसकेपछि मतगणना सुरु हुने बताइएको छ। क्षेत्र २ को प्रतिनिधिसभा र प्रदेशसभाका दुई वटा निर्वाचन क्षेत्रको मतगणना सुर्खेत सभाहलमा हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। सबै मतपेटिका संकलन गरिसकेपछि गणना गर्ने मिति र समय सार्वजनिक गरिने कार्यालयले जानकारी दिएको छ।

प्रकाशित: ४ मंसिर २०७९ १९:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − one =