कास्कीमा ६० प्रतिशत मतदान

हिमाल प्रेस ४ मंसिर २०७९ १८:५७
12
SHARES
कास्कीमा ६० प्रतिशत मतदान

पोखरा- प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनअन्तर्गत कास्कीमा करिब ६० प्रतिशत मतदान भएको छ। प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी रुद्र न्यौपानेले कास्कीमा करिब ६० प्रतिशत मतदान भएको जानकारी दिएका हुन्।
बिहान ७ देखि साँझ ५ बजेसम्म जिल्लाका १ सय ५० मतदान स्थलका ३ सय ४४ मतदान केन्द्रमा छिटफुट घटनाबाहेक मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भएको प्रदेश निर्वाचन कार्यालयका निर्वाचन अधिकारी हुमनाथ पराजुलीले बताए।

कास्कीमा प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्य चुनावमा ४६ र प्रदेशतर्फ ४५ उम्मेदवार प्रतिस्पर्धामा छन्। कास्कीमा कुल मतदाता संख्या २ लाख ९१ हजार ५ सय ६८ हो। यतिखेर कास्कीका तिनैवटा निर्वाचन क्षेत्रको मतपेटिका संकलन भइरहेको छ। क्षेत्र १ को पशु सेवा कार्यालय, क्षेत्र २ को पोखरा सभागृह र क्षेत्र ३ को जिल्ला समन्वय समितिमा मतपेटिका संकलन गर्ने क्रम जारी छ। गएको २०७४ सालको चुनावमा कास्कीमा करिब ६७ प्रतिशत मतदान भएको थियो। त्यसबेला प्रत्यक्षतर्फ १७ दल र स्वतन्त्र गरी ९५ उम्मेदवार चुनावी मैदानमा थिए।

प्रकाशित: ४ मंसिर २०७९ १८:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × one =