बाजुरामा गोली चल्दा एक जनाको मृत्यु, प्रहरी र स्थानीय घाइते

हिमाल प्रेस ४ मंसिर २०७९ १८:०४
1.4k
SHARES
बाजुरामा गोली चल्दा एक जनाको मृत्यु, प्रहरी र स्थानीय घाइते

धनगढी- बाजुरामा गोली चल्दा एक जना स्थानीयको मृत्यु भएको छ। त्रिवेणी नगरपालिका ७ स्थित मतदान केन्द्रमा दलका कार्यकर्ता र प्रहरीबीच झडप भएको हो। दलका कार्यकर्ताबीच झडप हुँदा अवस्था तनावग्रस्त भएपछि अवस्था नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको थियो। दलका कार्यकर्ता प्रहरीमाथि नै आक्रमण गर्न उत्रिएपछि झडप नियन्त्रण बाहिर गएको थियो।

वडा अध्यक्ष जुद्धबहादुर ऐडीका अनुसार एक जना स्थानीयको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय सुरेन्द्र ऐडी छन्। अहिले पनि अवस्था तनावग्रस्त रहेको उनको भनाइ छ। केही प्रहरी र स्थानीय घाइते भएका छन्। घाइतेलाई लिन नेपाली सेनाको हेलिकप्टर बाजुरा पुगेको छ। मतदान प्रक्रिया पनि रोकिएको छ।

प्रकाशित: ४ मंसिर २०७९ १८:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − twelve =