इलाम कारागारका कैदीबन्दीले गरे मतदान

हिमाल प्रेस ४ मंसिर २०७९ १५:१९
4
SHARES
इलाम कारागारका कैदीबन्दीले गरे मतदान फाइल तस्बिर

इलाम– जिल्ला कारागार इलाममा रहेका कैदीबन्दी प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मतदानमा सहभागी भएका छन्। इलाम कारागारमा रहेका अस्थायी मतदाता नामावलीमा नाम भएका कैदीबन्दी र सुरक्षाकर्मीसहित १०० जनाले मतदान गर्दै छन्। कारागारमा रहेका २ सय ८० जनामध्ये ६१ जनाले मतदान गर्न पाउने छन्। दिउँसो ३ बजेसम्म ५२ जनाले मतदान गरी सकेको कारागारका एक कर्मचारीले जानकारी दिए।

अस्थायी मतदाता नामावलीमा नाम भएकाले प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फ मतदान गर्न पाउने निर्वाचन कार्यालय इलामले जनाएको छ।

प्रकाशित: ४ मंसिर २०७९ १५:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + 16 =