धनुषामा अहिलेसम्म ४२ प्रतिशत मत खस्यो

हिमाल प्रेस ४ मंसिर २०७९ १५:११
10
SHARES
धनुषामा अहिलेसम्म ४२ प्रतिशत मत खस्यो प्रतिनिधिमूलक तस्बिर

जनकपुरधाम- धनुषामा हालसम्म ४२ प्रतिशत मत खसेको छ। धनुषाका मुख्य निर्वाचन अधिकृत वृजेश प्याकुरेलले आइतबार दिउँसो २ बजेर ३० मिनेटसम्म जिल्लाको चारवटै निर्वाचन क्षेत्र मिलाएर अहिलेसम्म कूल ४२ प्रतिशतसम्म मत खसेको जानकारी दिएका छन्।

उनले मतपेटिका ढुवानीका लागि आवश्यकताअनुसारका सवारी साधन तैनाथ गरिएको पनि जानकारी दिए।

‘जिल्लाभरिमा शान्तिपूर्ण र व्यवस्थित रुपमा मतदान भइरहेको हामीले पाएका छौँ,’ उनले भने, ‘हामीले सुरक्षा व्यवस्था कडा बनाएका छौँ। उनका अनुसार दिउँसो २ बजेर ३० मिनेटसम्म ४२ प्रतिशत मतदान भएको छ। उनले मतपेटिका ढुवानीका लागि आवश्यकता अनुसारको सवारीसाधन तयारी अवस्थामा रहेको बताए।

जिल्लाको ३२३ मतदानस्थलका ६०६ मतदान केन्द्रमार्फत बिहान ७ बजेदेखि शान्तिपूर्ण रुपमा मतदान कार्य जारी रहेको छ।जिल्लामा २ लाख ५२ हजार ९१५ पुरुष, २ लाख २१ हजार ६६५ महिला र अन्य ७ गरी कूल ४ लाख ७४ हजार ५८७ मतदाता रहेका छन्।

प्रकाशित: ४ मंसिर २०७९ १५:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three − one =