मनाङ-१ मा ६ हजार ७७९ मतदाताका लागि २८ मतदान केन्द्र

हिमाल प्रेस ३ मंसिर २०७९ १५:२२
मनाङ-१ मा ६ हजार ७७९ मतदाताका लागि २८ मतदान केन्द्र

काठमाडौँ- आइतबार हुने प्रतिनिधिसभा निर्वाचनका लागि मनाङ क्षेत्र नम्बर १ मा कूल ६ हजार ७७९ मतदाताका लागि २८ वटा मतदान स्थल र मतदान केन्द्र तोकिएको निर्वाचन आयोगले जनाएको छ।

यस क्षेत्रमा ३ हजार २८१ पुरुष मतदाता छन् भने ३ हजार ४९८ जना महिला मतदाता छन्।

यस क्षेत्रमा तीन वटा राजनीतिक दलबाट ३ जना मात्र उम्मेदवार रहेका छन्। नेकपा एमाले, नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट उम्मेदवारी दिएका तीनैजना पुरुष हुन्। पुरुष मतदाताभन्दा बढी संख्यामा भए पनि यस क्षेत्रमा महिलाको उम्मेदवारी शून्य छ।

प्रकाशित: ३ मंसिर २०७९ १५:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − eight =