राष्ट्रिय औद्योगिक ब्यापार मेला मंसिर १६ देखि

हिमाल प्रेस ३ मंसिर २०७९ ६:३८
राष्ट्रिय औद्योगिक ब्यापार मेला मंसिर १६ देखि

पोखरा- पोखरा उद्योग वाणिज्य संघले आयोजना गर्दै आएको राष्ट्रिय औद्योगिक व्यापार मेला यो वर्ष मंसिर १६ गतेदेखि हुने भएको छ। २० औं संस्करणको मेला मंसिर १६ देखि २५ गतेसम्म पोखराको प्रदर्शनी केन्द्रमा आयोजना हुने आयोजकले जनाएको छ। कोरोनाका कारण २ वर्षसम्म मेला हुन सकेको थिएन।

मेलाका मुख्य संयोजक एवं आयोजक संघका अध्यक्ष पवनकुमार प्रजापतिले कोरोनाले रोकिएको मेलालाई यसपटक नयाँ र फरक तरिकाले आयोजना गर्न लागिएको बताए। उनका अनुसार मेलामा कृषि, हस्तकला, स्थानीय उत्पादनसँग सम्बन्धित वस्तुहरु प्रदर्शनी र बिक्रीका लागि राखिने छन्।

बजारको माग अनुसारका प्रत्यक्ष तालिम र उद्यम, व्यवसाय र पोखरासम्बन्धी टक सो पनि समेटिने छन्। मेलामा डोमतर्फ ७८, अटोका ४५ र अन्य विभिन्न खालका १ सय २० वटा सहित करिब २ सय ५० स्टल रहने बरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कीले जानकारी दिए।

पुष्पमेला, अटोमेला, सूचना तथा प्रविधिको प्रदर्शनी, विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाको गतिविधिको प्रदर्शनीलगायत दैनिक उपभोग्य वस्तु घरायसी सरसामान, लत्ताकपडा, श्रृंगारका सामान बिक्री मेलाका आकर्षण छन्।

मेलासमिति सभापति नरेन्द्रकुमार प्रधानको संयोजकत्वमा २ सय ५१ सदस्यीय मुल आयोजक र पोखरा उद्योग वाणिज्य संघ अध्यक्ष प्रजापतिको अध्यक्षतामा कार्यसम्पादन समिति गठन गरिएको छ। त्यसबाहेक २५ वटा उपसमिति पनि गठन गरिएको छ।

प्रकाशित: ३ मंसिर २०७९ ६:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five − 2 =