इबोला संक्रमण नियन्त्रणका लागि आपतकालीन कोष

हिमाल प्रेस ३ मंसिर २०७९ ६:१५
इबोला संक्रमण नियन्त्रणका लागि आपतकालीन कोष

काठमाडौँ– युगान्डामा केही समययतादेखि फैलिएको इबोला महामारी नियन्त्रणका लागि आपतकालीन कोष आवश्यक रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ।

संगठनले बिहीबार सो कुराको जानकारी गराएको हो। इबोलामा केही समययतादेखि इबोलाको प्रकोप फैलिएको र यसबाट यहाँका अरु छिमेकी देशहरूमा पनि असर पर्न सक्ने बताइएको छ।

संगठनले बिहीबार युगान्डाको इबोलाको नियन्त्रण गर्नुपर्ने र यो महामारी युगान्डाका छिमेकी देशमा फैलिन नदिन पहिले नै सतर्कता अपनाउनुपर्ने अवस्था रहेकाले सो प्रयोजनका लागि तत्कालै युगान्डाका लागि आर्थिक सहयोग आवश्यक रहेको जनाएको हो।

संगठनको अफ्रिका क्षेत्रीय निर्देशक मातेसिदो मोइतोले युगान्डा र अन्य देशहरूमा इबोला महामारीका विरुद्धमा अपनाउनुपर्ने सतर्कता एवम् औषधि उपचारका लागि संगठनले ८ करोड ८० लाख  अमेरिकी डलर बराबरको रकम आवश्यक रहेको भनी अपिल गरेको र अहिलेसम्ममा त्यसको २० प्रतिशत मात्र जम्मा भएको जानकारी दिएका छन्।

यसअघि पनि गत महिना नै विश्व स्वास्थ्य संगठनले युगान्डालगायत अफ्रिकाका देशहरूमा इबोलाको प्रकोप बढ्दो देखिएकाले यसको नियन्त्रणका लागि भन्दै रकम सहयोग गर्न अपिल गरेको थियो।

तर अपेक्षा गरिएअनुसारको रकम उपलब्ध हुन नसकेको निर्देशका मोइतोले जानकारी दिएका हुन्। युगान्डाले गत सेप्टेम्बर २० मा इबोलाको महामारी घोषणा गरेको थियो।

त्यसपछि यहाँ सो महामारीको नियन्त्रणका लागि भन्दै विश्व स्वास्थ्य संगठनले रकम आवश्यक रहेको घोषणा गरेको थियो।

प्रकाशित: ३ मंसिर २०७९ ६:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 2 =