कात्तिक सम्म १० अर्ब ३९ करोडको बिजुली निर्यात

हिमाल प्रेस २ मंसिर २०७९ १०:५४
कात्तिक सम्म १० अर्ब ३९ करोडको बिजुली निर्यात

काठमाडौँ– कात्तिक मसान्तसम्म नेपाल विद्युत् प्राधिकणरले १० अर्ब ३९ करोडको विद्युत भारत निर्यात गरेको छ। प्रााधिकरणले देशभित्र खपत भइ बचेको विद्युत् गत जेठ १७ जेठबाट इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आईएक्स)को डेअहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्री सुरु गरेको थियो।

यो अवधिमा १ अर्ब २६ करोड २५ लाख ३८ हजार युनिट विद्युत् भारतीय बजार पुगेको छ। सुरुमा दुई आयोजनाको ३९ मेगावाट विद्युत् आइएक्समा बिक्री भएको थियो।

अहिले आठ वटा जलविद्युत् आयोजनाबाट उत्पादित विद्युतमध्ये दैनिक ४०९ मेगावाट भारतीय बजारमा पुगिरहेको छ। प्राधिकरणले कात्तिकसम्ममा निर्यात गरेको विद्युत्को औसतदर प्रतियुनिट ८.२३ रुपैयाँ छ।

प्रकाशित: २ मंसिर २०७९ १०:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × one =