महोत्तरीमा एमाले र माओवादीका कार्यकर्ताबीच झडप, पाँच जना घाइते

हिमाल प्रेस २ मंसिर २०७९ ७:१२
महोत्तरीमा एमाले र माओवादीका कार्यकर्ताबीच झडप, पाँच जना घाइते

महोत्तरी- महोत्तरीमा माओवादी केन्द्र र एमालेका कार्यकर्ताबीच झडप भएको छ। रामगोपालपुर नगरपालिकाबाट मदिरा सेवन गरेर सम्सी पुगेका एमालेका कार्यकर्ताले आक्रमण गरेको स्थानीयले बताएका छन्।

स्थानीय रामभूषण साहले एमाले कार्यकर्ताको कुटाइबाट पाँचजना घाइते भएको बताए।  ‘मदिरा सेवन गरेका युवाहरूले भोट एमालेलाई नै हाल्नुपर्ने धम्की गर्दै आक्रमण गरे,’ पीडित अनिल मण्डलले भने।

आक्रमणमा परी घाइते हुनेमा अनिल मण्डल, रामदरेस मण्डल, रामदुलारी मण्डल, राधिका मण्डल, रायवीर मण्डल छन्। उनीहरूमध्ये एकजनाको भारतको सीतामाढी र अन्य चारजनाको रामगोपालपुरको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ। एमाले जिल्ला इन्चार्ज सरोज यादवले घटनाको विषयमा आफूलाई जानकारी नभएको बताए।

माओवादीले भने घटनाको भ्रर्त्सना गरेको छ। माओवादीका जिल्ला इन्चार्ज राजु खड्काले घटना निन्दनीय भएको बताए। ‘आक्रमण जसले गरे पनि पनि दोषीउपर छानबिन होस्,’ उनले भने। -कारखानाबाट

प्रकाशित: २ मंसिर २०७९ ७:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 2 =