यूएईले दियो नेपाललाई १७७ रनको लक्ष्य

हिमाल प्रेस २ मंसिर २०७९ ७:०६
यूएईले दियो नेपाललाई १७७ रनको लक्ष्य फाइल तस्बिर

काठमाडौँ- कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा जारी एकदिवसीय श्रृंखलाको अन्तिम खेलमा संयुक्त अरब इमिरेट्स (यूएई) ले नेपाललाई १७७ रनको लक्ष्य दिएको छ। आयान अफ्जल खानले अर्धशतक प्रहार गरेपछि यूएईले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १७६ रन बनाएको हो।

३१.१ ओभरमा नौ विकेटको क्षतिमा ९३ रनको स्थितिमा रहेको यूएईलाई आयान र हजरत बिललाले सम्मानजनक स्कोरतर्फ अघि बढाएका थिए। आयानले ६३ बलमा ५४ रन बनाउँदा बिलालले २० रन जोडे।

त्यसअघि पाुहना टिमका लागि एलिसन शाराफुले सर्वाधिक ३३ रन जोडे भने रोहन मुस्ताफाले २४ रन बनाए। त्यसअघि ओपनर मोहम्मद वासिम ११ रन र भृत्य अरबिन्द शून्यमा आउट भएका थिए। कप्तान चुन्दागापोयिलले चार रन मात्र बनाउन सके।

टस जितेर पहिले यूएईलाई ब्याटिङको निम्तो दिएको नेपालका लागि कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, र गुल्शन झाले दुई–दुई विकेट लिए। त्यसैगरी सोमपाल कामी र ललित राजवंशीको नाममा एक विकेट रह्यो।

प्रकाशित: २ मंसिर २०७९ ७:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + 18 =