अघिल्लो निर्वाचनभन्दा यसपल्ट आचारसंहिता उल्लंघनमा कमी : मानव अधिकार आयोग

हिमाल प्रेस २ मंसिर २०७९ ६:३२
अघिल्लो निर्वाचनभन्दा यसपल्ट आचारसंहिता उल्लंघनमा कमी : मानव अधिकार आयोग

महोत्तरी- राष्ट्रिय मानव अधिकार आयोग मधेश प्रदेशले अघिल्लो निर्वाचनको तुलनामा यसपटक तडकभडक, आमसभा र जुलुसमा न्यूनीकरण भएको निष्कर्ष निकालेको छ। आयोगले अघिल्लो निर्वाचनभन्दा आचारसंहिता उल्लंघनमा पनि कमि आएको निष्कर्ष निकालेको जनाएको हो।

आयोगले २७-३० कात्तिकसम्म  अनुगमनवाट प्राप्त विभिन्न १८ वटा सकारात्मक र नकारात्मक तथ्यहरुलाइ सार्वजनिक गरेको छ। निर्वाचन आचारसंहिता उल्लंघन न्यून भएको उल्लेख गर्दै आयोगको संयुक्त अनुगमन टोलीले भारतीय नम्बर प्लेटकाका गाडीहरु भने प्रचारप्रसारमा प्रयोग गरेको पाइएको जनाएको छ।

अधिकाशं मतदान केन्द्रहरू विध्यालय नै प्रयोग गरेको हुनाले आयोगले ध्यानाकर्षण जनाएको छ। आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापाले निर्वाचनका कारण बालबालिका विद्ययालय जान नपाएको विषयलाई गम्भीर रुपमा लिएको बताए।

आयोगले सप्तरीको हातिगंगा भन्ने स्थान कोशीटप्पुबीच रहेकाले संवेदनशील क्षेत्र भएको निष्कर्ष निकाल्दै मतपेटिका मतगणनास्थलसम्म पुर्‍याउन हेलिकप्टरको प्रयोग गर्नुपर्ने सुझाव दिएको छ।

मधेश प्रदेशमा सुरक्षाका हिसाबले समेत खासै संवेदनशील नभएको आयोगले जनाएको छ। ‘सरकार विरोधी दलहरू प्रशासनको निगरानीमा भएको हुनाले अवाञ्छित गतिविधि नभएको पाइएको हो,’ अनुगमन टोलीकी सदस्य लिली थापाले भनिन्।

अनुगमन  आदिवासी जनजाती आयोगका  रामबहादुर थापा,  राष्ट्रिय मानवअधिकार आयोगका सदस्य लिली थापा, राष्ट्रिय समावेशी आयोगका सदस्य विष्णुमाया ओझा, मधेशी आयोगका कार्यालय प्रमुख मन्जु खतिवडा र सदस्य जिवछ साहले गरेका थिए।

प्रकाशित: २ मंसिर २०७९ ६:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 1 =