काठमाडौँ ५ मा राप्रपाको कार्यालयमा तोडफोड

हिमाल प्रेस २ मंसिर २०७९ ६:०५
काठमाडौँ ५ मा राप्रपाको कार्यालयमा तोडफोड

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ५ को कार्यालयमा तोडफोड भएको छ।

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार कार्यालयमा बिहीबार मध्यराति तोडफोड भएको हो। ‘कसले र किन तोडफोड भएको हो अहिलेसम्म खुल्न सकेको छैन,’ श्रेष्ठले भने।

राप्रपाको झण्डा, ब्यानर च्यातिएको छ। काठमाडौँ ५ मा राप्रपाबाट प्राध्यापक डा रामप्रसाद उप्रेती, एमालेबाट ईश्वर पोखरेल र कांग्रेसबाट प्रदीप पौडेल उम्मेदवार छन्।

प्रकाशित: २ मंसिर २०७९ ६:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + 3 =