युक्रेन द्वन्द्वका कारण ऊर्जा, खाद्य सुरक्षाप्रति चिन्ता व्यक्त

हिमाल प्रेस १ मंसिर २०७९ ५:५१
युक्रेन द्वन्द्वका कारण ऊर्जा, खाद्य सुरक्षाप्रति चिन्ता व्यक्त फाइल तस्बिर।

काठमाडौँ– युक्रेनमा जारी द्वन्द्वका कारण भारतले बुधबार विश्वभर ऊर्जा र खाद्य सुरक्षाको बारेमा बढ्दो चिन्ता व्यक्त गरेको छ।

युक्रेनमा संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को बहसलाई सम्बोधन गर्दै संयुक्त राष्ट्रसंघका लागि भारतका शीर्ष राजदूतले युक्रेन द्वन्द्वले विशेष गरी विकासोन्मुख देशहरूमा पर्ने प्रतिकूल प्रभाव परेको बताएका छन्।

उनको टिप्पणी छ- युक्रेन द्वन्द्वको प्रभाव युरोपमा मात्र सीमित छैन यो विश्वभर उत्तिकै डर लाग्दो छ। ‘हामी धेरै आसा  गर्छौं संयुक्त राष्ट्रसंघले ब्ल्याक सी अन्न र मल प्याकेज सम्झौतालाई आगामी दिनहरूमा नवीकरण गरिनेछ र यसलाई सबै पक्षहरूल ईमानदारीपूर्वक लागू गर्नेछन्,’ उनले भनेका छन्।

युक्रेनका २४ क्षेत्रमध्ये कम्तिमा  १६ क्षेत्रहरूमा र राजधानी कीभमा महत्त्वपूर्ण पूर्वाधारमा मिसाइल आक्रमण हुन थालेपछि युक्रेनका लाखौं मानिसहरू आज बिजुली, पानी  लगायत इन्धनको अभावमा पर्न थालेका छन्।

ऊर्जा मन्त्रालयका अनुसार युद्ध शुरु भएदेखि नै ऊर्जा पूर्वाधारमा अहिले ठूलो क्षति हुँदै गएको र यसले देशभरका रेलहरूमा व्यापक ढिलाइ भएको र लाखौं मानिसहरूलाई दूरसञ्चारविहीन  बनाएको  बताइएको छ।

नागरिक पूर्वाधारको क्षति एक महत्त्वपूर्ण समयमा आएको छ जब तापमान शून्य भन्दा तल झर्दैछ। युक्रेनीहरू कठोर जाडोको समयमा गम्भीर मानवीय संकटमा फस्दैछन्।

स्थायी प्रतिनिधि कम्बोजले युक्रेनको अवस्था र नागरिक पूर्वाधारलाई निशाना बनाएकोमा भारत चिन्तित रहेको बताएका छन्।

प्रकाशित: १ मंसिर २०७९ ५:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + sixteen =