प्रसारणको तयारीमा ‘द पोएट आइडल’

हिमाल प्रेस १ मंसिर २०७९ ४:५९
प्रसारणको तयारीमा ‘द पोएट आइडल’

काठमाडौँ- कवितामा आधारित रियालिटी सो ‘द पोएट आइडल’ प्रसारणको अन्तिम तयारीमा रहेको निर्माण पक्षले जनाएको छ। सोको भौतिक र डिजिटल अडिसन सकिएको छ।

असोज अन्तिमसम्म भएको अडिसनका लागि नेपालबाट १ सय ७२ जना छानिएका थिए भने विदेशबाट अनलाइन अडिसन दिनेको संख्या ५० थियो।

अडिसनबाट छानिएका ६४ सहभागीमध्ये पनि १४ जना छानिएका छन्। सो प्रसारण हुन थालेपछि एक-एक सहभागी कार्यक्रमबाट बाहिरिने निर्माण टिमले जनाएको छ।

अमनप्रताप अधिकारीले निर्देशनमा बनेको रियालिटी सोमा अनुप बराल, उपेन्द्र सुब्बा, सुरक्षा पन्त र विप्लव प्रतीक निर्णायक छन्। निर्णायकमध्ये एक विप्लप प्रतीकका अनुसार छनोटको तीन चरण पार भइसकेका छन् र आयोजक प्रसारणको अन्तिम तयारीमा रहेको छ।

नेपाली भाषाका कविको प्रतिभा संसारभरि पुर्‍याउने उद्देश्यले सो निर्माण गरेको निर्देशक अमनप्रताप अधिकारीले सञ्चारमाध्यमलाई बताएका छन्। ‘गीत-संगीत र नृत्यमा प्रतिभा उजागर गर्न विभिन्न सो हुन्छन्,’ अधिकारीले भने, ‘तर कविताको कुनै सो छैन। त्यस अभावलाई पूरा गर्न सो बनाएका हौँ।’

एपी वान टेलिभिजनबाट प्रसारण हुने सोमा सहभागीहरूले कविता लेखन र वाचन गर्नेछन्। सोको विजेताले १० लाख पुरस्कार पाउनेछ।

प्रकाशित: १ मंसिर २०७९ ४:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + fifteen =