निर्वाचन अवलोकन गर्न जापानका सहायक विदेशमन्त्री आउँदै

हिमाल प्रेस १ मंसिर २०७९ १२:०८
निर्वाचन अवलोकन गर्न जापानका सहायक विदेशमन्त्री आउँदै

काठमाडौँ- जापानका सहायक विदेशमन्त्री टकाई सुनसुखे दुई दिने नेपाल भ्रमणको लागि ४ गते नेपाल आउने भएका छन्। ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन अवलोकन गर्न नेपाल भ्रमणमा आउन लागेको जापानस्थित नेपाली राजदूतावासले जनाएको छ।

२०७४ को आमनिर्वाचनको अवलोकनका लागि पनि जापानको संसदीय टोली नेपाल आएको थियो। यसपटक आउने सहायक विदेशमन्त्री चाहिँ निर्वाचनको समयमा नेपाल आउने हालसम्मकै उच्च अधिकारी हुन्। भ्रमणको क्रममा उनले नेपालका उच्च अधिकारीसँग भेट्ने जनाइएको छ।

नेपाली राजदूतावासका अनुसार जापान सरकारले आगामी निर्वाचन निष्पक्ष, भहरहित र शान्तिपूर्ण रूपमा सम्पन्न होस् भनी कामना पनि गरेको छ।

प्रकाशित: १ मंसिर २०७९ १२:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 3 =