एमाले विजयी भए स्थिर सरकार : पृथ्वीसुब्बा गुरुङ

हिमाल प्रेस ३० कार्तिक २०७९ १२:०६
एमाले विजयी भए स्थिर सरकार : पृथ्वीसुब्बा गुरुङ

काठमाडौँ- नेकपा एमालेका केन्द्रीय उपमहासचिव पृथ्वीसुब्बा गुरुङले मुलुक विकासका लागि एमालेको स्थिर सरकार आवश्यक रहेको बताएका छन्।

आज सुन्दरबजार नगरपालिका ८ बलिथुङमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले एमालेलाई बहुमतका साथ विजयी बनाए स्थिर सरकार हुने र मुलुकको विकास हुने दाबी गरे।

आफू मुख्यमन्त्री छँदा थालनी गरेका र सम्पन्न हुन बाँकी विकासका काम पूरा गर्दै जिल्लामा विकासको लहर ल्याउने उनले प्रतिबद्धता व्यक्त गरे।

लमजुङको विकास हेर्न र अनुभूति गर्न चाहने हो भने एमालेका उम्मेदवारलाई विजयी गराउन आवश्यक रहेको उनको भनाइ छ। ‘विगतमा पनि जिल्लाको विकासमा लागेका थियौँ, अब पनि लाग्नेछौँ यो हाम्रो प्रतिबद्धता भयो’, उनले भने।

प्रकाशित: ३० कार्तिक २०७९ १२:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 8 =