प्रचण्डको अपिल- प्रतिगमन परास्त गर्न समानुपातिकमा माओवादीलाई भोट हाल्नुहोस्

हिमाल प्रेस ३० कार्तिक २०७९ १२:०१
प्रचण्डको अपिल- प्रतिगमन परास्त गर्न समानुपातिकमा माओवादीलाई भोट हाल्नुहोस्

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको नेतृत्व अग्रगामी शक्तिले मात्र गर्न सक्ने दाबी गरेका छन्। मुलुकमा सामाजिक रुपान्तरण, शैक्षिक सुधार र विकास निर्माणका काम प्रगतिशिल शक्तिले मात्र सक्ने बताएका छन्।

समाजिक सञ्जाल मार्फत अपिल सार्वजनिक गर्दै प्रचण्डले प्रतिगमनलाई परास्त गर्न र भ्रष्टाचार अन्त्य गर्न गठबन्धन र माओवादीलाई मत हाल्न अनुरोध गरेका छन्।

उनले आगामी निर्वाचनमा प्रत्यक्षतर्फ गठबन्धन र समानुपातिकतर्फ माओवादीलाई मत हाल्न अपिल गरेका छन्।

प्रकाशित: ३० कार्तिक २०७९ १२:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + 8 =